Breaking News
पर्सामा पनि निषेधाज्ञा जारी, सेना परिचालन गरिने

वीरगञ्ज, वैशाख ३०–
आज (मंगलबार) एकैदिन ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसंगै पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ ।
हेर्नुहोस् सार्वजनिक सूचना
























