Breaking News
प्रधानमन्त्रीले भने – लकडाउनमा कडाइ नगर्ने हो भने स्थिति गम्भीर बन्छ

काठमाडौं, बैशाख ३०-
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले लकडाउनमा थप कडाइ नगर्ने हो भने अवस्था झन गम्भीर भएर जाने बताएका छन् ।
बालुवाटारमा बसेको मन्त्रिपरिषदको मंगलबारको बैठकमा प्रधानमन्त्री ओली अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारुपमा प्रस्तुत भए । एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका छन् ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपालको अवस्था थप गम्भीर बन्दै गएका कारण पनि लकडाउनमा कडाइ गर्न अनिवार्य रहेको बताए ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै यसबारे गम्भीर रुपमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताए । लकडाउन खुकुलो भएकोप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रधानमनत्री ओलीले नेपाल–भारत सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्ने र त्यसको तयारी अगाडि बढेको बताए ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हालसम्म भएको गतिविधिहरुबको बारेमा जानकारी गराएका थिए ।
बैठकमा लकडाउनबारे कुनै एजेण्डा थिएन । तर, प्रधानमन्त्री पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट असन्तुष्ट देखिएका छन् ।























