Breaking News

कोरोना अस्पताल चोरी प्रकरणः भरतपुर महानगरको बैठक बहिष्कार गर्ने वडाध्यक्षहरुको घोषणा

Banner

चितवन, वैशाख २९–

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको चोरी प्रकरणमा संलग्न कर्मचारीलाई कारवाही नगरेको भन्दै नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले भरतपुर महानगरपालिकाको बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् ।

आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै वडाध्यक्षहरुले सिसिटीभी फुटेजमा देखिएका कर्मचारीहरुलाई कारवाही प्रक्रिया अघि नबढाएसम्म महानगरको बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन् । जारी विज्ञप्तीमा भनिएको–‘चोरीमा संलग्नहरुको कारवाही प्रक्रियाका लागि महानगरको मुल नेतृत्व नै उदासिन देखिएको छ, जनतालाई जवाफ दिन सक्ने अवस्था नबनेकाले महागरको बैठक बहिष्कारका साथै महानगरपालिकाको अन्य कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने घोषणा गर्दछौं ।’

भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले यसअघि सो घटनामा संलग्न कर्मचारीहरुलाई कारवाहीको माग गर्दै महानगर प्रमुख रेनु दाहाललाई ज्ञापन पत्र समेत बुझाएका थिए । तर आफूहरुको माग बारे मुल नेतृत्व उदासिन बनेको उनीहरुको भनाई छ ।

भरतपुर अस्पतालमा रातीको समयमा स्टोरबाट केही सामग्रीहरु अस्पतालमै कार्यरत कर्मचारीले लगेको सिसिटिभी फुटेज संचारमाध्यमबाट बाहिरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>