Breaking News

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

Banner

काठमाडौं, वैशाख २९–

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं.५, बुद्धभुमि नगरपालिका वडा नंं.७ र वडा नंं.१० का गरी तीन वडाका १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका हुन् भने एक जनाको उमेर नखुेलेको अधिकारीले जानकारी दिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल चिकित्सकको निगरानीमा रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

योसंगै नेपालमा कुल संक्रमितको संख्या १२० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>