चितवन विशेष

महामारीको बेला गर्ने रिपोर्टिङ बारे अनलाइनबाटै पत्रकारलाई तालिम

०
Banner

चितवन, वैशाख २८–

सायरा मिडिया एण्ड इभेण्ट्स प्रालिद्धारा संचालित सत्यकलम डिजिटल संचारको आयोजनामा आइतबार पत्रकारहरुका लागि महामारीका बेला गर्ने रिपोर्टिङ बारे अनलाइनबाटै अन्तरक्रिया गरिएको छ ।

जुम क्लाउड मिटिङ्ग एपको सहयोगमा अनलाइन मार्फत संचालित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले सहभागी पत्रकारहरुलाई महामारीको बेलामा गरिने रिपोर्टिङ र अपनाउनु पर्ने साबधानीका बारेमा प्रशिक्षण दिएका थिए । वरिष्ठ उपाध्यक्ष पोख्रेलले महामारीका बेलामा पत्रकारहरु अत्यन्त जोखिममा हुने भन्दै सावधानी अपनाएर रिपोटिङ्ग गर्न सुझाव दिए । “यस्तो बेलामा जोखिम त छदैछ, त्यो भन्दा पनि रिपोटिङ्ग गर्ने विषयवस्तु, स्थान लगायतका कुरा पहिचान गर्न पनि गार्‍हो हुन्छ” उनले भने “यस्तो बेला निकै चनाखो भएर समाचार सम्प्रेषण गर्नुपर्छ, सत्य र तथ्य सूचना दिने कुरामा पत्रकार चुक्नुहुदैन ।” पोख्रेलले महामारीका बेलामा केही स्वार्थी समूहले पत्रकारहरुलाइ प्रयोग गर्न सक्ने भन्दै त्यस विषयमा सचेत हुन आग्रह गरे । करिव २ घण्टा चलेको सो कार्यक्रममा पत्रकार पोख्रेलले लकडाउनको रिपोटिङ्ग अनुभव, पत्रकारहरुलाई आईपर्ने अप्ठ्याराहरु, विपद्को बेलामा पत्रकारहरुको भुमिका, काम कर्तव्यलगायतका विषयमा आफ्नो अनुभव र धारणा प्रस्तुत गरेका थिए ।

चितवन र नवलपुर जिल्लाका गरी ३० जना पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रममा पत्रत्रकारहरुले रिपोटिङ्ग गर्ने विषय, अपनाउनुपर्ने सावधानी, पत्रकार र स्थानीय तह बीचको सम्बन्ध लगायतका विषयमा जिज्ञासा राखेका थिए । पत्रकारहरुको जिज्ञासाको पोख्रेलले जवाफ दिएका थिए। कार्यक्रममा सहभागी पत्रकार डोलराज रानाभाटले कार्यक्रम निकै फलदायी भएको प्रतिक्रिया दिए । “अरु विषय वस्तुमा भुलेर बस्नु भन्दा आफ्नै विषयमा इन्टरनेटको सहायताले धेरै कुरा जान्ने अवसर पाईयो, यसले थप कुरा सिक्न सहयोग गरेको छ”– रानाभाटले भने ।

आयोजक संस्था सायरा मिडिया एण्ड इभेण्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीले पत्रकारहरुका लागि अनलाइन छलफल र तालिम चलाउँदा प्रभावकारी हुने ठानेर यस कार्यक्रमको संयोजन गरेको बताए । कार्यक्रममा सहभागीहरुले व्यक्त गरेको प्रतिक्रियाले आफु अत्यन्त उत्साहित भएको भन्दै बस्ताकोटीले आगामी दिनमा पनि यस्तै डिजिटल कक्षा चलाउने प्रतिबद्धता व्यक्त गरे ।

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालि ६ महिना अघि स्थापना भई चितवन र नवलपुरमा केन्द्रित रहेर आफ्नो गतिविधि संचालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>