Breaking News

एक सातापछि संचालनमा आयो भरतपुर कोरोना परीक्षण प्रयोगशाला

०
Banner

चितवन, वैशाख २७–

कीट अभावका कारण एक साता भन्दा बढी समयदेखि बन्द रहेको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला आज (शनिबार)देखि संचालनमा आएको छ ।

सरकारले कीट उपलब्ध गराएपछि बिहीबार र शुक्रबार संकलन गरिएको स्वाबको आज परीक्षण सुरु गरिएको छ । प्रयोगशालाको व्यवस्थापन गरिरहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले सरकारले कीट उपलब्ध गराउने वित्तिकै परीक्षण कार्यालय अघि बढाईएको जानकारी दिए । उनका अनुसार अहिले प्रयोगशालालाई एक हजार तीन सय वटा कीट प्राप्त भएको छ ।

शनिबार ४६ वटा नमुना परीक्षण सुरु गरिएको पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>