Breaking News
भारतीय दूतावासअगाडि लिपुलेक-मानसरोवर सडक निर्माणविरुद्ध प्रदर्शन, विद्यार्थी नेताहरु पक्राउ

काठमाडौँ, वैशाख २७–
लिपुलेक कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न जम्मा भएका सत्तारुढ नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।
पक्राउ पर्नेमा अनेरास्ववियूका केन्द्रीय सदस्यहरु अशाक थापा, मेघनाथ चापागाई, उत्तर थापा, हर्क बम, विज्ञान दाहाल, यशु लामा, महेश श्रेष्ठ, सुजन श्रेष्ठ, कैलाश घिमिरेसहित रहेका छन् ।






















