Breaking News

भारतीय दूतावासअगाडि लिपुलेक-मानसरोवर सडक निर्माणविरुद्ध प्रदर्शन, विद्यार्थी नेताहरु पक्राउ

०
Banner

काठमाडौँ, वैशाख २७–

लिपुलेक कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न जम्मा भएका सत्तारुढ नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।

पक्राउ पर्नेमा अनेरास्ववियूका केन्द्रीय सदस्यहरु अशाक थापा, मेघनाथ चापागाई, उत्तर थापा, हर्क बम, विज्ञान दाहाल, यशु लामा, महेश श्रेष्ठ, सुजन श्रेष्ठ, कैलाश घिमिरेसहित रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>