Breaking News

भैरहवा, नेपालगन्ज र धनगढीमा सेनाको स्काइ ट्रकबाट पठाइयो ८ हजार परीक्षण किट

Banner

काठमाडौं, वैशाख २६-

स्वीस सरकारले दिएको ३० हजार पिसिआर परीक्षण किटमध्ये आज ८ हजार वटा किट प्रयोगशालामा पठाइएको छ । किट अभावमा कोरोनाको परीक्षण रोकिएका प्रयोगशालामा परीक्षण पुनःसुरू हुने भएको छ ।

आजै नेपाली सेनाको स्काइ ट्रकबाट भैरहवा, नेपालगन्ज र धनगढीका लागि किट पठाइएको हो।
यसअघि आरएनए एक्ट्र्याक्सन किट अभावमा पाँच वटा प्रयोगशालामा परीक्षण रोकिएको थियो। जसमा वीर, चितवन, भैरहवा, सुर्खेत र धनगढीका प्रयोगशाला थिए ।

किट आउने भएसँगै गत सातादेखि परीक्षण रोकिएको भैरहवामा रहेको प्रयोगशालामा पुनः परीक्षण हुने भएको छ ।

पछिल्लो समय किट अभावकै कारण परीक्षणको गति सुस्त भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>