Breaking News

मुम्बईबाट चार दिनअघि लुकेर आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

०
Banner

कपिलवस्तु, वैशाख २६–

कपिलवस्तुका दुुईजना कोरोना संक्रमित पुरुष लकडाउनकै बीच भारतको मुम्बईबाट चार दिन अघि लुकेर नेपाल प्रवेश गरेको पुष्टि भएको छ ।
बिहीबार राति कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुुको मायादेवी गाउँपालिका–८ विजुवाका १६ र २२ वर्षका उनीहरुका वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले जानकारी दिए ।

लुकिछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए ।

दुई जनाकै थ्रोट स्वाबको परीक्षण भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
अन्य चारजना युवाहरू पनि उनीहरु सँगै आएको सूचना आएको र खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरी प्रमुख जबराले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>