चितवन विशेष

रत्ननगरमा एक सय जनाले गरे रक्तदान

Banner

चितवन, वैशाख २५–

लकडाउनको समयमा रगत अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई युवा संगठनहरुले रत्ननगरमा बिहीबार रक्तदान कार्यक्रम गरेका छन् । अनेरास्ववियू चितवन र राष्ट्रिय युवा संघ चितवनले रत्ननगरमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।

रत्ननगरको नगरपालिकाको कार्यालय परिसरमा गरिएको कार्यक्रममा ११ महिलासहित एक सय जनाले रक्तदान गरेको साविक वाईसियल रत्ननगरका उपाध्यक्ष एवंम् युवा नेता सुवास मिश्रले जानकारी दिए । नेकपाका यी दुई संगठनहरुले यही बैशाख ११ गतेदेखि जिल्लाका विभिन्न स्थानमा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

कार्यक्रममा नेकपा वागमती प्रदेशका प्रदेश सभा सदस्य एवंम् नेकपा चितवनका इन्चार्ज कृष्णप्रसाद खनाल, प्रदेश सभा सदस्य कञ्चन खनाल, राष्ट्रिय युवा संघ चितवनका संयोजक मधु न्यौपाने, अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्य, रत्नननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमलादेवि दुवाडी, पार्टी नेताहरु कुलप्रसाद लामिछाने, राजु अम्गाई, संगीता भट्टराई ,ओम लामिछाने, अनिल तामाङ, प्रताप डल्लाकोटी, प्रदीप बन्जारा, गणेश पौडेल, सरोज भण्डारी, सिलन बराललगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>