चितवन विशेष
चितवनको क्यान्सर अस्पतालको कार्यकारी निर्देशका डा.देजकुमार गौतम नियुक्त
०

चितवन, वैशाख २५–
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त भएका छन् ।
क्यान्सर अस्पतालको बोर्ड बैठकले अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख डा. गौतमलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । कार्यकारी निर्देशकको रुपमा गौतमको कार्यकाल तीन वर्षको हुनेछ ।
यसअघिका कार्यकारी निर्देशक डा. विजय आचार्यको तीनवर्षे कार्यकाल बैशाख २३ गतेबाट सकिएपछि बोर्डले डा. गौतमलाई कार्यकारी निर्देशक चयन गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























