Breaking News
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको यसरी गरियो कोरोना परीक्षण
०

काठमाडौं, वैशाख २५–
शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशनका लागि सांसदहको कोरोना परीक्षण सुरु गरिएको छ ।
शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा बिहीबारबाट कोरोना भाइरस संक्रमण भए÷नभएको परीक्षण सुरु गरिएको हो ।
राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ ।
संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















