Breaking News

लकडाउन लम्ब्याउने तयारी गर्दै मन्त्रिपरिषद बैठक

Banner

काठमाडौं, बैशाख २४-

लकडाउनलाई निरन्तरता दिन सरकारलाई कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले सुझाव दिएपछि आवश्यक निर्णय गर्न अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।

बैठकमा काठमाडौं उपत्यकाका सबै ६ वटा नाका शिल गरेर आन्तरिक आवागमनचाँही खुलाउने कि भन्नेबारे समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको बैठकले कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले अहिले लिएको लकडाउनको मोडालिटी सही भएको भन्दै लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

समितिको बैठकमा लकडाउन कति समय थप्ने भन्नेबारे भने मन्त्रिपरिषदले नै निर्णय लिने सहमति भएको थियो ।

सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन जारी छ । पछिल्लो पटक बैशाख १५ गते थपिएको लकडाउनको समयावधि भोलि मध्यरातिदेखि सकिँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>