चितवन विशेष

नौ संस्थालाई चितवन अटोमोबाइल्स एशोसिएसनको खाद्यान्न सहयोग

Banner

चितवन, वैशाख २३–

चितवन अटोमोबाइल्स एशोसिएसन तथा अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संयुक्त रुपमा विभिन्न आश्रमहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

महामारीको रूपमा बिश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न जारी लकडाउनका कारण समस्या उत्पन्न हुन थालेपछि खाद्यान्न सहयोग गरेको हो । यहाँ रहेका बृद्धाश्रम, बालबालिका गृह, परोपकारी संस्था, अति विपन्न वर्ग तथा विभिन्न गन्तव्यमा हिडेका पैदलयात्रीसहित ९ वटा संस्थाहरुलाई खाद्यान्न सहयोग गरिएको संस्थाले जनाएको छ ।

संस्थाले भरतपुर–१० स्थित मानव सेवा आश्रम, भरतपुर–११ स्थित मन्जुश्री असाहय संरक्षण केन्द्र, रोटरी करुणालय देवघाट, रामनगर बजार ब्यवस्थापन समिति, भरतपुर–३ स्थित हाम्रो घर, भरतपुर–१२ स्थित आमाको माया छात्रबास, श्री सत्यसाइ बाल सेवा आश्रम, भरतपुर–१०, रत्ननगर–७ स्थित मुसहर बस्ती, रत्ननगर–१२ स्थित असाहय बृद्ध समाजलाई खाद्यान्न सहयोग गरिएको संस्थाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>