Breaking News
भारतीय नागरिकको हुल नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर
०

काठमाडौं, बैशाख २३-
भारतीय नागरिकको हुल झापास्थित नेपाल-भारत सीमाबाट आक्रमण गर्दै जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेकाे छ ।
त्यस क्रममा सीमामा खटिएका सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै त्यो समूहलाई भगाएको झापा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
हिजो राति सय जनाजतिको संख्यामा भारतीय नागरिक झापाको झापा गाउँपालिका वडा नम्बर ४, टागन डुब्बास्थित सीमा नाकाबाट जबर्जस्ती प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेका थिए ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण एक महिनाभन्दा बढी समयदेखि नेपाल र भारत दुवैतर्फ लकडाउन गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















