Breaking News
भारतमा कोरोनाभाइरसले भयावह रुप लिँदै : एकै दिन १७५ को मृत्यु
०

काठमाडौं, बैशाख २३-
भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दैनिक तीब्र गतिले बढ्न थालेको छ ।
सोमबार भारतमा झण्डै चार हजार संक्रमित फेला परेका छन् । संक्रमणबाट एकै दिन एक सय ७५ जनाको मृत्यु भएको छ । सोमबार भएको मृत्यु र संक्रमण भारतमा कोरोना देखिएयताकै सबैभन्दा उच्च हो ।
त्यहाँ अहिलेसम्म मृतकको संख्या १५ सय ६६ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ ।
भारतमा सोमबार एकै दिन ३९ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ अहिलेसम्म १२ हजार ८ सय ४७ जना उपचारपछि निको भएका वर्ल्डओमिटरले जनाएको छ ।
भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन् । त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















