चितवन विशेष

बिरामी कुरुवालाई युवा व्यवसायी पाण्डेले गरे खाद्यान्न सहयोग

०
Banner

चितवन, वैशाख २२–

नारायणगढका युवा व्यवसायी वसन्तबहादुर पाण्डेले आफ्नो जन्मदिनको अवसर पारेर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल हाताभित्र रहेका बिरामी कुरुवाहरूको लागि ५१० केजी चामल र १२० केजी केराउ वितरण गरेका छन् ।

विश्वभर कोरोना भाइरसका काररण भइरहेको लकडाउनले क्यान्सर अस्पताल भरतपुर हाताभित्र रहेका बिरामी कुरुवाहरूले खाद्यान्न संकट भोग्दै आएको थिए । बिरामी कुरुवाहरुको त्यस्तो अवस्था देखेपछि उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य एवम् नारायणगढका युवा व्यवसायी पाण्डेले भरतपुर–७ स्थित पञ्चेश्वर टोल विकास संस्था मार्फत उक्त खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

नारायणगढ रोटरी क्लबका सदस्य समेत रहेका पाण्डेले संकटमा परेका दिन दुःखीहरूको सेवा गर्न पाउँदा आत्मसन्तुष्टि प्राप्त हुनुका साथै उनीहरूको चुल्होमा आगो बल्दा खुशी लाग्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>