Breaking News
कोरोना भाइरस : अमेरिकामा मृतक संख्या ६८ हजार नाघ्यो, १ लाख ७८ हजार उपचारपछि निको भए
०

काठमाडौं, बैशाख २२–
कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५६६ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ४५९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ८७ हजार २३३ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ७८ हजार २६३ जना उपचारपछि निको भएका छन् ।
उपचार गराइरहेका ९ लाख ४० हजार ४०३ जनामध्ये १६ हजार १३९ जनाको अवस्था गम्भीर रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















