Breaking News
लकडाउनको मोडालिटी बदल्ने प्रधानमन्त्रीको प्रस्ताव, यस्तो छ रणनीति !

काठमाडौँ, वैशाख २१-
जिल्लाहरुमा देखिएको जोखिमका आधारमा सरकारले वैशाख २५ गतेपछि लकडाउनको स्वरुप बदल्ने गरी तयारी गरिरहेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि आवश्यक रणनीति तयार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
जिल्लाहरुमा देखिएको जोखिमका आधारमा गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यही आधारमा क्रमश: अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याउनेबारे छलफल चलिरहेकव एक मन्त्रीले जानकारी दिए ।
मन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा सरकारले यो मोडालिटी तयार पारेको र यसलाई निर्णय गर्न भने बाँकी रहेको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले अतिउच्च र उच्चजोखिमलाई पूर्णतया लकडाउन गर्ने र सामान्य र न्यून जोखिमयुक्त जिल्लाहरुमा आंशिक रुपमा लकडाउन गर्ने प्रस्तावका आधारमा प्रधानमन्त्रीले यस्तो प्रस्ताव गरेका हुन् ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा अलपत्र नेपालीहरुको अवस्था गम्भीर नभएको भन्दै लोकप्रिय कुरा गरेर नहुने बताए । १२ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउने भन्दै उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताए ।






















