Breaking News

कोरोना भाइरस : अमेरिकामा मृतक संख्या ६५ हजार नाघ्यो, १ लाख ६१ हजार उपचारपछि निको

Banner

काठमाडौं, बैशाख २०–

कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७४८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ९९२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ३१ हजार १५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ६१ हजार ५५१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ३ हजार ७१४ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>