चितवन विशेष
केन्द्रीय सदस्य पौडेलले दिए प्रेस युनियन चितवनलाई मास्क र स्यानिटाइजर

चितवन, वैशाख १९–
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेलले नेपाल प्रेस युनियन चितवनलाई मास्क र स्यानिटाइजर प्रदान गरेका छन् ।
पौडेलले युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई शुक्रबार एक सय थान सर्जिकल मास्क र २० थान स्यानिटाइजर हस्तान्तरण गरेका छन् । केन्द्रीय सदस्य पौडेलले संकटको समयमा पनि पत्रकारहरु सूचना प्रवाहमा जुट्नु पर्ने भएकाले व्यक्तिगत रुपमा सहयोग गरेको बताए । व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने सामानहरु सहज रुपमा नपाउँदा समाचार संकलनमा समस्या हुन सक्ने भन्दै उनले आफ्नो स्वास्थ्यलाई समेत ख्याल गर्दै सूचना सम्प्रेषण गर्न गरे ।
सो अवसरमा बोल्दै युनियन चितवनका अध्यक्ष ढकालले जिल्लाका पत्रकारहरुको स्वास्थ्यलाई ख्याल गर्दै सहयोगका कामहरु गरिरहेको बताए । उनले प्रेस युनियन चितवनले रु तीन लाखको अक्षयकोष स्थापना गरी राहत वितरणसंगै स्वास्थ्य सामग्रीहरु मास्क र स्यानिटाइजर समेत वितरण गरिरहेको जानकारी दिए । अध्यक्ष ढकालले व्यक्तिगत रुपमै केन्द्रीय सदस्य पौडेलले सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गरे ।























