Breaking News

धरौटी बुझाएर छुटे लगत्तै फेरि पक्राउ परे शुलभ अग्रवाल

०
Banner

काठमाडौं, वैशाख १८–

शंकर ग्रुपका मालिक शुलभ अग्रवाल फेरि पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतमा २५ लाख धेरौटी बुझाएर रिहा भएलगत्तै उनलाई प्रहरीले फेरि पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। सम्पत्ति शुद्धिकरण विभागले उनलाई छानबिन गर्ने भनेकाले पक्राउ गरिएको ज्ञवालीले बताए ।

यसअघि कालोबजारी आरोपमा अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो। उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको थियो । स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको भन्दै अग्रवाल पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>