Breaking News

धरौटी बुझाएर छुटे लगत्तै फेरि पक्राउ परे शुलभ अग्रवाल

Banner

काठमाडौं, वैशाख १८–

शंकर ग्रुपका मालिक शुलभ अग्रवाल फेरि पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतमा २५ लाख धेरौटी बुझाएर रिहा भएलगत्तै उनलाई प्रहरीले फेरि पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। सम्पत्ति शुद्धिकरण विभागले उनलाई छानबिन गर्ने भनेकाले पक्राउ गरिएको ज्ञवालीले बताए ।

यसअघि कालोबजारी आरोपमा अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो। उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको थियो । स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको भन्दै अग्रवाल पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>