चितवन विशेष
नारायणगढ लायन्स क्लवको अध्यक्षमा अधिकारी

चितवन, वैशाख १८–
नारायणगढ लायन्स क्लवको अध्यक्षमा केशवप्रसाद अधिकारी चयन भएका छन् ।
अनलाइन मार्फत भएको अधिवेशनबाट वर्ष २०२०/२१ को अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चितवनकै पुरानो सामाजिक क्लव नारायणगढ लायन्सको प्रथम उपाध्यक्षमा जयराम श्रेष्ठ, द्धितीय उपाध्यक्षमा प्रशसन्न कुमार जोशी र तृतीय अध्यक्षमा मञ्जिलबाबु मास्के चयन भएका छन् । त्यसैगरि क्लवको सचिवमा सुरेशकुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रशान्त कुमार पिया, सह–सचिवमा प्रभात कुमार जोशी र सह–कोषाध्यक्षमा राजु पिया चयन भएका छन् ।
त्यस्तै मेम्बरशिप चेयरपर्सनमा सनद कुमार पिया, एलसीआइएफ कोर्डिअनेटरमा बामदेव खनाल, सर्भिस चेयरपर्सनमा शान्तकुमार पिया, मार्केटिङ कम्युनिकेशन चेयरपर्सनमा कृष्णराज धरेल, पिआरओमा प्रेमकुमार श्रेष्ठ, टेमरमा उमेश पिया चयन भएका छन् ।
यसैगरि टेलट्वीस्टरमा उद्योग कुमार पिया, डाइरेक्टरहरुमा चिजकुमार मास्के, विवश पिया, रत्नप्रसाद सापकोटा र हेमन्तध्वज जोशी चयन भएको क्लवका वर्ष २०१९/२० का अध्यक्ष निरज कुमार श्रेष्ठले जानकारी दिए ।























