Breaking News
सांसद यादवले दिए सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइपी खनालबिरुद्ध अपहरणको उजुरी
०

काठमाडौँ, वैशाख १८-
जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा बिहीबार उजुरी दिएका छन् ।
यसअघि उनले आफूलाई बस्नेत, श्रेष्ठ र खनालले अपहरण गरेको भन्दै महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालयमा किटानी जाहेरी दिन खोजे पनि उनीहरुले उजुरी नै दर्ता गर्न मानेका थिएनन् ।
उनले शक्ति र सत्ताका आडमा ती तीनले आफ्नो ज्यान लिनसक्ने खतरा भएको भन्दै उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही र छानबिनका लागि निवेदन दिएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















