मकवानपुर

कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन

Banner

हेटौँडा, वैशाख १८–

वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।

सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित उत्पादन गर्दै आएको कुलेखानी प्रथम आयोजनाका प्रमुख रामकुमार यादवले बताउनुभयो । उहाँले अहिले कुलेखानीको इन्द्रसरोवर जलासयमा पर्याप्त मात्रामा पानी जम्मा भएकाले विद्युत् उत्पादनमा कटौती गर्न नपर्ने जानकारी दिनुभएको छ ।

इन्द्रसरोवर जलासयमा अहिले १५१२.७८ मिटर पानी सतह रहेको कुलेखानी प्रथम आयोजनाले जनाएको छ । कुलेखानी जलविद्युत्बाट उत्पादित विद्युत् हेटौँडा औद्योगिक क्षेत्रलगायत देशका विभिन्न शहरमा आपूर्ति भइरहेको र अब विद्युत् उत्पादन निरन्तररूपमा भइरहने पनि कुलेखानी प्रथम आयोजनाका प्रमुख यादवले बताउनुभयो ।

कुलेखानी तेस्रो आयोजनामा केही महिनाअघिबाट मात्रै १४ मेगावाट विद्युत् उत्पादन गरिएको पनि सो आयोजनाले जनाएको छ । प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ भित्र काठमाडौँको फर्पिङको चन्द्रज्योति र सुन्दरीजलमा विद्युत् उत्पादनका लागि नयाँ योजना कार्यान्वयन बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>