Breaking News
कर्मचारीलाई कारवाहीको माग गर्दै उपप्रमुखसहित वडाध्यक्षहरुले बुझाए ज्ञापन पत्र

चितवन, वैशाख १७–
भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत कर्मचारीबाटै चोरी भएको प्रकरण बाहिरिएपछि भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले तत्काल ती कर्मचारीहरुलाई कारवाही गर्न माग गरेका छन् ।
महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीसहित १२ जना वडा अध्यक्ष र दुई जना कार्यपालिका सदस्यहरुले महानगरपालिकी प्रमुख रेनु दाहाललाई घटनामा संलग्न कर्मचारीहरुलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । आज (बुधबार) महानगर पुगेका जनप्रतिनिधिहरुले घटनामा संलग्न महानगरका कर्मचारीहरुलाई यथाशिघ्र निलम्बन गरी अन्य संलग्न व्यक्तिहरुलाई समेत कारवाही गरी छानविन प्रक्रिया अघि बढाउन माग गरेका छन् । जनप्रतिनिधिहरुले अन्यथा यस घटनाबाट र्सििर्जत परिस्थितिको सम्पूर्ण जिम्मेवारी भरतपुर महानगरपालिका र कोरोना अस्पताल संचालन व्यवस्थापन समिति हुनुपर्ने चेतावनी समेत दिएका छन् ।
ज्ञापन पत्रमा हस्ताक्षर गर्नेहरुमा महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, टोली प्रमुख भरतपुर–२१ का वडाध्यक्ष चितसेन अधिकारी, वडा नंं. ३ का चन्द्रमित्र पण्डित, वडा नंं. ६ का हरि विलास कोइराला, वडा नंं. ८ का दामोदर न्यौपाने, वडा नंं. १४ का ओमप्रकाश पोख्रेल, वडा नंं. १५ का शम्भु भण्डारी, वडा नंं. १६ का अमृतराज हमाल, वडा नंं. १८ का दीपक लामा, वडा नंं. १७ का ललित तामाङ, वडा नंं. १९ का कर्णबहादुर गुरुङ, वडा नंं. २० का मणिलाल तामाङ, वडा नंं. २७ का वडाध्यक्ष गोबिन्द बहादुर तामाङ, कार्यपालिका सदस्य पवित्रा केसी र गीता शर्मा रहेका छन् ।
कोरोना अस्पतालको स्टोरमा रहेका केही सामग्रीहरु महानगरका लेखापाल फणिन्द्र प्रसाद खनाल, स्वास्थ्य शाखा प्रमुख सूर्य तिवारी र भरतपुर अस्पतालका कर्मचारी सञ्जय बरालले सामग्री पोका पारेर बाहिर लगेको सिसिटिभी फुटेज संचारमाध्यबाट बाहिरिएको थियो ।






















