Breaking News

कोरोना अस्पताल प्रकरणः पत्रकारलाई धम्की दिनेलाई कारवाही गर्न पत्रकार महासंघको माग

Banner

चितवन, वैशाख १७–

नेपाल पत्रकार महासंघ चितवन शाखाले अनलाइनखबर डटकम चितवनका संवाददाता सुवास पण्डितलाई धम्की दिनेलाई कानुनी कारवाही गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष राधेश्याम खतिवडाले आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै भरतपुर कोरोना अस्पतालको विषयमा प्रकाशित समाचारलाई लिएर पत्रकार पण्डिलाई कर्मचारी संगठनले नै कारवाही गर्ने धम्की दिएको प्रति खेद प्रकट गर्दै उनीहरुलाई कारवाही गर्न महासंघले माग गरेको हो । महासंघले धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन, घटनामा संलग्नमाथि कारवाही गर्न, पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी पत्रकारको सुरक्षामा संवेदनशील बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘अस्पतालका विषयमा प्रकाशित/प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ती नै निकालेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ चेतावनीसहित धम्की दिनु निन्दनीय र खेदजनक छ । प्रकाशित समाचार प्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक छ ।’

केही दिन अघि सिसिटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>