Breaking News
प्रधानमन्त्री र सभामुख भेटवार्ता, संसद बैठक बोलाउन छलफल
०

काठमाडौँ, वैशाख १७–
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबिच भेटवार्ता भएको छ ।
संघीय संसदको बजेट अधिवेससन बोलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच छलफल भएको छ ।
नियमति अवस्थामा संसद बजेट अधिवेशन हिजो/आज सुरु हुनुपर्ने भए पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लक डाउनका कारण अझै निश्चित भएको छैन ।
जेठ १५ गते बजेट ल्याउनु पर्ने भए पनि वैशाख २५ सम्म लक डाउन घोषणा गरेको अवस्थामा संसदबाटै बजेट ल्याउने संभावनाका विषयमा प्रधानमन्त्री र सभामुखबिच कुराकानी भएको हो । तर नेकपाभित्र सरकार नै फेरबदल गर्ने गरी बढेको संघर्षका कारण संसदमा बजेट पेश हुने संभावना कम रहेको स्रोतको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















