Breaking News

चितवनकी कोरोना संक्रमित वृद्धाको पुनः परीक्षणको दोस्रो नतिजा पनि पोजिटिभ

०
Banner

चितवन, वैशाख १७–

चितवनकी कोरोना संक्रमित एक महिलाको संक्रमण पश्चात गरिएको दोस्रो पटकको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब संकलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजिटिभ नै आएको हो । ती महिलाको यसअघि पनि परीक्षण गर्दा पोजिटिभ नै देखिएको थियो ।

ती महिलो हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । ती महिलामा वैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलाका २७ वर्षीय छोरोना भने निको भइसकेका छन् । आमा छोरा दुवैजनाको कोरोना संक्रमणसंगै पुष्टि भएको थियो । उनीहरुले चैत ३ गते बेलायतबाट नेपाल आएका थिए भने ५ गते चितवन आएका थिए । राप्ती नगरपालिका–८ निवासी दुई जनाकै कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गरिएको थियो तर कसैमा पनि कोरोना संक्रमण देखिएन ।

यस्तै वैशाख १५ गते नै गरिएको अन्य २२ वटा परीक्षणको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>