Breaking News

बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना संक्रमण भेटियो

Banner

काठमाडौँ,बैशाख १६-

बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार उनीहरु चारवटा कम्पनीमा कार्यरत थिए ।

‘एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण देखिएको हो’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने,‘उनीहरुको स्वास्थ्य उपचार भइरहेको छ ।’

उनले पछिल्लो तथ्याङले आफूलाई चिन्तित बनाएको बताए । योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ । बहराइनमा अहिलेसम्म कोरोना स‌ंक्रमणबाट ८ जनाको मात्रै मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>