चितवन विशेष
विप्लव नेकपाले भन्योः कोरोना अस्पतालमा चोरी गर्नेलाई उन्मुक्ती दिए हामी कारवाही गर्छौ
०

चितवन,बैशाख १६-
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनको कोरोना विशेष अस्थायी अस्पतालमा भएको चोरी र अनियमितताका दोषिलाई कारवाही गर्न माग गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै चितवन जिल्ला सेक्रेटरी विजय शर्माले सत्ताको संरक्षणमा कर्मचारीले जनताको रगत र पसिनाद्धारा निर्माण गरिएको कोरोना अस्पतालमा चोरी भएको घटनाप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तीमा भनिएको छ,‘हाम्रो पार्टी यस्तो घृणित कार्यप्रति खेद प्रकट गर्दछ,घटनामा संलग्न कर्मचारीलाई कडा कारवाही गर्न माग गर्दछ ।’ घटनालाई टालटुल पारी दोषिलाई उन्मुक्ती दिए पार्टीले त्यस्ता व्यक्तीलाई कारवाही गर्ने विज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























