Breaking News

नेकपा चितवनले भन्योः ‘कोरोना अस्पतालमा चोरी र अनियमितता भएको छैन’

Banner

चितवन,बैशाख १६-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा चोरी र आर्थिक हिनामिना भएको विषय उठाएर अनावश्यक राजनीतिकरण गरेको बताएको छ । आज एक विज्ञप्ती जारी गर्दै नेकपा चितवनले विभिन्न संचारमाध्याममा सिसिटिभी फुटेज भन्दै प्रसारण गरिएको सामाग्रीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
‘पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ,–सम्बन्धित निकायलाई सत्यतथ्य पत्ता लगाउन अनुरोध गर्दै छानविनमा सहयोग गर्ने जानकारी गराउँदछौं ।’ सत्यतथ्य पत्ता नलगाई समाचार सम्प्रेषण गरी जनसमूदायमा भ्रम सिर्जना अनुरोध गर्दै जिम्मेवार पूर्वक सहयोग गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ । भरतपुर महानगरपालिकाको विशेष पहल कदमीमा जिल्लाका राजनीतिक दल,जनप्रतिनिधि,निजी क्षेत्र र सम्पूर्ण अस्पतालको सहयोगमा कोरोना अस्पताल स्थापना भएको पार्टीको धारणा छ ।

साथै सो अस्पतालमा देखिएको समस्याको सत्यतथ्य प्रमाण वा अध्ययन अनुसन्धान अवधिसम्म संस्थागत, व्यक्तिगत वादविवाद नगरी छानविनमा सहयोग गर्न प्रशासन,नागरिक समाज,कानुन व्यवसायी र आम पत्रकारमा अपिल गरिएको छ ।
पार्टीले कोरोनाको संक्रमण रोक्न पार्टी र सरकारले केन्द्रदेखि स्थानिय तहसम्म उल्लेख्य काम गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>