Breaking News
नेकपामा राजनीति तरंग : प्रधानमन्त्री भेट्न प्रचण्ड पुगे बालुवाटार

काठमाडौँ, वैशाख १६-
पार्टीभित्र उत्पन्न विवादबारे छलफलका लागि नेकपाको कन्द्रीय सचिवालय बैठक अनिश्चित बनिरहेका बेला मगंलबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग असन्तुष्ट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वार्ताका लागि बालुवाटार बोलाएका थिए ।
अध्यक्ष दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।
नेकपामा पछिल्लो पटक सचिवालय र स्थायी कमिटी बोलाउनुपर्ने माग छ । सोमवार मात्रै ओली र नेपाल समूहका नेताहरु मंगलवार सचिवालय बैठक बस्ने निष्कर्षमा पुगेका थिए । तर, अहिलेसम्म सचिवालय बैठक डाकिएको छैन । पार्टी बैठक र पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफलका लागि प्रचण्ड बालुवाटर पुगेका हुन् ।
नेकपा स्रोतका अनुसार सोमबार ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मंगलबार केन्द्रीय सचिवालय बैठक बोलाउने अनौपचारिक सहमति भएपनि उक्त बैठकलाई उपेक्षा गर्दै ओलीले पहिले प्रचण्डलाई बोलाएर छलफल गर्न खोजेका हुन्।
सोमवार प्रधानमन्त्रीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । यतिबेला नेकपामा गुटगत छलफलले तिव्रता पाएको छ । सोमवार नै ओली र नेपाल समूहबीच छलफल भएको थियो भने अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको थियो ।
अध्यादेश प्रकरणपछि नेकपा दुई चिरामा विभाजित भएको छ। ओलीसँग असन्तुष्ट नेकपाका नेताहरुले ओलीको अब फकाउने प्रस्ताव हैन राजीनामा आउनु पर्ने भन्दै स्थायी कमिटी बैठक बोलाउन दबाब दिइरहेका छन्।
तर ओलीले भने सकेसम्म उनीहरुलाई मनाउने प्रयास जारी राखेका बेला प्रचण्डसँग उनको फेरि वार्ता हुन हुन लागेको हो।
























