Breaking News

डब्ल्यूएचओ भन्छ – कोरोना महामारीबाट मुक्त हुन अझै धेरै समय लाग्छ

Banner

काठमाडौं, वैशाख १६-

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसले निम्त्याएको महामारीबाट मुक्त हुन अझै धेरै समय लाग्ने जनाएको छ ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससका अनुसार कोरोना भाइरस महामारीको अन्त्य गर्न अझै धेरै टाढा छ ।

निकै लामो दूरी पार गर्नसंगै थुप्रै काम गर्न बाँकी नै रहेको गेहब्रेयससले एक पत्रकार सम्मेलनमा बताएका हुन् ।

कोरोना भाइरसले गर्दा अहिले मानिसहरुले सामान्य स्वास्थ्य सेवा समेत पाउन कठिन भएको छ । बालबालिकाहरूले समयमा नै खोप ल‍गाउन पाएका छैनन् । यस्तो समस्या विशेष गरी गरीब देशमा रहेको डब्ल्यूएचओको प्रमुखले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>