चितवन विशेष

कोरोना अस्पतालको सवा करोड खर्च अनुमोदन, संयोजक रेनु दाहालबाट धन्यवाद ज्ञापन

Banner

चितवन,बैशाख १६-

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न, संक्रमित एवं शंकास्पद बिरामीको उपचार गर्न भरतपुर महानगरपालिका १० मा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालको चैत महिनाको खर्च सवा करोड भएको छ । भरतपुर कोरोना नियन्त्रण कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो खर्च विवरण उपलब्ध गराउनु भएको हो । डा. अधिकारीबाट प्रस्तुत खर्च विवरण कार्यदलको आज सम्पन्न समीक्षात्मक बैठकले अनुमोदन गरेको छ । कार्यदल संयोजक रेनु दाहालले सबैलाइ धन्यवाद ज्ञापन गर्दै महानगरको अगुवाइमा भएको कोरोनाविरुद्धको लडाइँ अझै जारी रहेको बताउनु भयो ।

डा. अधिकारीबाट जारी विज्ञप्तिमा भनिएको छ, कोभिड १९ रोगको उपचार तथा नियन्त्रणको क्रममा सहयोग पुर्याउनु हुने कोरोना कार्यदलका सदस्यहरु, विभिन्न उपसमितिमा रही काम गर्नुभएका साथीहरु, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, संचारकर्मीहरु, सुरक्षानिकाय, सम्पूर्ण निजी एवं सरकारी स्वास्थ्य संस्था, विभिन्न किसिमका स्वास्थ्य सामग्री प्रदान गर्नुहुने दाताका साथै बन्दाबन्दीको पूर्ण पालना गरी कोरोनासँग लड्न हौसला प्रदान गर्नुहुने आदरणीय नगरवासीहरुलाई पुनः धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि यहाँहरुको रचनात्मक साथ र सहयोगको अपेक्षा गर्दछु ।

विश्वव्यापी महामारीका रुपमा मानव सभ्यतालाई नै चुनौती दिएको कोरोना भाइरसका कारण विश्वमा करीब ३० लाख मानिस संक्रमित भएका र करीब २ लाख ७ हजार मानिसको मृत्यु भइसकेको छ । नेपाल पनि यस भाइरसबाट मुक्त छैन । नेपालमा आजका मितिसम्म ५२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भइ घर फर्केका छन् । छिमेकी देश भारतमा यसको संक्रमण बढ्दै जाँदा नेपाललाई चुनौती थपिएको छ । यस सन्दर्भमा, यसको रोकथामको लागि सचेतना, रोकथामका उपायको अवलम्बन र प्रभावकारी उपचारका विधिहरु अपनाउनु जरुरी छ ।

भरतपुर महानगरपालिकाले यस भाइरसको सामना गर्नका लागि शुरुवातदेखि नै कदमहरु चालेको छ । हालसम्म भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालबाट ७ सय जनाभन्दा बढीको उपचार भैसकेको छ भने कोरोना भाइरस निदानका लागि स्थापित प्रयोगशालाबाट ३५५ जनाको कोरोना परिक्षण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>