Breaking News
राष्ट्रपति भण्डारीलाई चिनियाँ राष्ट्रपतिले भनेः कोरोना सँग जुध्न सहयोग गर्छौँ’
०

काठमाडौं,बैशाख १६-
चिनियाँ राष्ट्रपति सी चिनफिङले समकक्षी विद्यादेवी भण्डारीलाई फोन गर्दै कोरोनासँग जुध्न निरन्तर सहयोग उपलब्ध गराउने जनाएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजो टेलिफोन वार्ता गर्दै उनले दुई देशका स्वास्थ्य क्षेत्रबीच सहयोग आदानप्रदान र सहकार्य बढ्नुपर्नेमा जोड दिए।
त्यसक्रममा राष्ट्रपति भण्डारीले आफ्नो देशमा कोभिड–१९ महामारी नियन्त्रणका लागि चीनको सफलताको प्रशंसा गरिन्।उनले महामारीविरुद्धको अन्तर्राष्ट्रिय सहकार्य बलियो बनाउन चीनले खेलेको भूमिकाको पनि प्रशंसा गरिन्।
“चीनको अनुभवले अरु देशलाई पनि कोरोना भाइरस संक्रमण रोक्न आत्मबल प्रदान गरेको छ”, उनले भनिन्। राष्ट्रपति भण्डारीले नेपाललाई अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराएकोमा चीनलाई धन्यवाद दिइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























