Breaking News
नेपालमा साढे ५३ हजारको कोरोना परीक्षण, २९ हजार व्यक्ति क्वारेन्टाइनमा

काठमाडौं,बैशाख १५-
देशमा साढे ५३ हजारको परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म ५३ हजार ५३४ नमूना परीक्षण भएको जानकारी दिएको हो।
मन्त्रालयको नियमित प्रेस बिफ्रिङ कार्यक्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर विधिबाट १० हजार ४७१ र आरडीटी किट परीक्षण विधिबाट ४३ हजार ६३ नमूना परीक्षण भएको जानकारी दिए। मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा चार हजार ५४५, प्रदेश २ मा पाँच हजार २०८, बागमतीमा सात हजार ६२६, गण्डकीमा चार हजार ९२४, प्रदेश ५ मा तीन हजार ४७१, कर्णाली प्रदेशमा पाँच हजार १२८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९६१ नमूना परीक्षण भएका छन्।
मन्त्रालयमा अनुसार अहिले देशैभर क्वारेन्टाइनमा रहेका मानिसहरूको संख्या बढेको छ।
पछिल्लो तथ्यांकअनुसार देशैभर रहेका क्वारेन्टाइनमा अहिले २०१९५ जना मानिस छन्। केहीदिन यता देखि क्वारेन्टाइनमा बस्ने मानिसहरूको संख्या वृद्धि भएको हो।
























