Breaking News

विराटनगरबाट काठमाडौँ आइपुगेका यात्रु अलपत्र, उतै फर्काउने तयारी

Banner

काठमाडौँ, वैशाख १५–

विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका १६० जना यात्रुहरु थानकोटमा अलपत्र परेका छन् ।

विराटनगरका स्थानीय निकायले काठमाडौँ पठाएका यात्रुलाई प्रहरीले उतै पठाउने तयारी गरेको छ । काठमाडौँ प्रहरी परिसरले नागढुंगामा आएर रोकिएका उनिहरुलाई विराटनगर फिर्ता गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

सरकारले आइतबार बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको थियो । गृह मन्त्रालयले सोमबार लकडाउनलाई कडाईसाथ कार्यान्वयन गर्न सम्पुर्ण जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

उनीहरु चढेर आएका केही गाडी फर्किसकेका छन् । तर प्रहरीले यात्रुहरुलाई रोकेर राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>