Breaking News

कोरोना कहर : विराटनगरबाट आएका यात्रुलाई व्यक्तिगत विवरण टिपेर छाडियो

Banner

काठमाडौँ, वैशाख १५ —

काेराेना भाइरसकाे त्रासका कारण काठमाडाैँ भित्रिने मुख्य नाकाका प्रहरी कडाइ गरेकाे छ ।

आज विहान विराटनगरमा आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएपछि यात्रु अलपत्र परेका थिए । उनिहरुलाई थानकोट प्रहरीले विराटनगर महानगरपालिकाले पठाएको यात्रुलाई विवरण टिपेर छाडेको छ । विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले व्यक्तिगत विवरण टिपेर गन्तव्यमा जान दिएको हो ।

यात्रुको नाम, आएको र जाने ठाउँलगायतका विवरण टिपेर प्रहरीले यात्रुलाई छाडेको हो।

महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो । उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा प्रहरीले केहीबेर रोकेको थियो । हरेक बसमा १९ जना यात्रु पठाइएको थियो । उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए । प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको थियो ।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै लकडानउका समयमा बाहिरबाट यात्रु काठमाडौं आउन नदिने निर्णय स्वरुप बसहरु रोकिएको जानकारी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>