मनोरञ्जन

अमेरिकन आइडल : टप २० बाट अघि बढ्न भोट अपिल गर्दै दिवेश

Banner

काठमाडौं, वैशाख १५-

‘आर्थर गन’को स्टेज नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका नेपाली गायक दिवेश पोखरेल ‘टप २०’ बाट अघि बढ्न प्रयत्न गरिरहेका छन् ।

आइतबारको प्रस्तुतिसँगै विश्वप्रख्यात गायन रियालिटी सोमा भोटिङ सुरु भएको छ ।

एलिमिनेसन राउन्डबाट अघि बढ्न आफूलाई भोटको आवश्यकता रहेको दिवेशले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन् । भोटले नै २० जना प्रतिस्पर्धीमा शीर्ष १० मा पुर्‍याउने छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘अहिलेसम्म मेरो यो सांगेतिक यात्रामा साथ दिनु भएको लागि सबैजनलाई धेरै-धेरै धन्यवाद भन्न चाहन्छु । यो आइतबार हाम्रो अमेरिकन आइडलको शीर्ष २० प्रस्तुति प्रिमियर हुन गइरहेको छ । यसमा अगाडि बढ्न मलाई हजुरहरुको भोटको आवश्यकता पर्नेछ । हजुरहरुले तीनवटा माध्यमबाट भोट गर्न सक्नुहुनेछ । एउटा टेक्स्टबाट, वेबसाइट र अमेरिकन आइडलको एपबाट एकजनाले ३० पटकसम्म भोट गर्न मिल्छ । त्यसकारण नबिर्सनु होला । धेरै धन्यवाद ।’’ पोखरेलले उक्त भिडिओमै अंग्रेजीमा पनि भोट अपिल गरेका छन् ।

कोरोना भाइरसको महामारीका बीच पनि सोले आफ्नो बाँकी प्रस्तुती प्रशारणमा ल्याउने भएको हो । प्रतिस्पर्धीहरु आ-आफ्नो घरबाटै प्रसारणमा जोडिनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>