Breaking News

सर्वेन्द्र खनालसहितले अपहरण गरेको भन्दै डा.सुरेन्द्र यादवले प्रहरीमा दिए उजुरी

Banner

काठमाडौं, वैशाख १४–

नवगठित जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

उजुरी दर्ता गर्न नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित आज (आइतबार) दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर यादवले अपहरण र शरिर बन्धक बनाएको भन्दै जाहेरी दिएका हुन्। समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले तीन जनाविरूद्ध अपहरण तथा शरिर बन्धकमा किटानी जाहेरी दिन लागेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>