Breaking News
लकडाउन एक हप्ता लम्बिने, उच्चस्तरीय समन्वय समितिले गर्यो सिफारिस
०

काठमाडौं,बैशाख १३-
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई थप एक हप्ता लम्ब्याउन सिफारिस गरेको छ ।
मुख्य सचिव लोकदर्शन नेतृत्वको कार्यदलले एक हप्ता लकडाउन थप्ने र सङ्क्रमणको अवस्था हेरेर केही ठाउँ खुकुलो गर्न सकिने सुझाव दिएको हो । शनिबार बसेको बैठकले रेग्मीको नेतृत्वको कार्यदललाई लकडाउनको मोडालिटी तयार गर्ने जिम्मेवारी दिएको थियो ।
समितिले सुझाव दिए पनि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । भारतमा सङ्क्रमणको अवस्था हेरेर पनि मन्त्रिपरिषद्ले लकडाउन थप गर्न सक्ने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























