चितवन विशेष

लायन्स नारायणगढ बालकुमारीको अध्यक्षमा पौडेल

Banner

चितवन, वैशाख १३–

लायन्स क्लब अफ नारायणगढ बालकुमारीको वर्ष २०२०÷२१ को अध्यक्षमा ईन्जिनियर हरेराम पौडेल चयन भएका छन् । शनिबार भएको अनलाइन बैठकबाट पौडेल अध्यक्षमा चयन भएका हुन् ।

क्लबका पूर्वअध्यक्षहरु ईश्वर राजभण्डारी, नेत्रप्रसाद आचार्य र बालगोपाल चुकेको निर्वाचन कमिटीले क्लवका सदस्यहरुसँग संयोजन गरेर नयाँ नेतृत्व चयन गरेको हो ।

क्लवको प्रथम उपाध्यक्षमा रामचन्द्र सापकोटा, द्धितीय उपाध्यक्षमा शंकर आचार्य र तृतीय उपाध्यक्षमा रामजी थापा चयन भएका छन् । यस्तै क्लवको सचिवमा शेरबहादुर पौडेल, कोषाध्यक्षमा ध्रुबकुमार पौडेल, सह–सचिव चन्द्रमणी भट्टराई, निर्देशकहरुमा मोहन श्रेष्ठ, ललितमान श्रेष्ठ, गणेश भट्टराई र रबी पिया चयन भएका छन् ।

त्यस्तै गरेर पब्लिक रिलेसन अफिसरमा राजेश जोशी, टेल टुइस्टरमाअभिमन्यु श्रेष्ठ, टेमरमा रमेश खड्गी, मेम्बरशिप चियर पर्सन भागीकुमार श्रेष्ठ, लियो एड्भाइजर रामचन्द्र सापकोटा, क्लब सर्भिस चियरपर्सन नेत्रप्रसाद आचार्य, क्लब मार्केटिङ कम्युनिकेसन चियरपर्सनमा लोकबहादुर रानाभाट र एलसीआईएफ कोर्डिनेटरमा सरोज मास्के चयन भएका छन् ।

समाजिक सेवाभाव ‘हामी सेवा गर्छौ’ भन्ने मुलनारा बोकेको लायन्स क्लब विश्व स्तरमा स्थापित संसारकै ठुलो अन्तराष्ट्रिय क्लब हो भने लायन्स क्लब अफ नारायणगढ बालकुमारी स्थानीय रुपमा परिचित र डिष्ट्रिक्ट ३२५ बी २ नेपालको अब्बल क्लबको रुपमा रहेको छ ।

गत बर्षहरुमा जस्तै यसवर्ष पनि क्लबले सामाजिक सेवाका कार्यहरु जस्तै खानेपानी सम्बन्धीका दिर्घकालिन कार्यक्रम तथा नियमित गर्दै आएको रक्तदान, छात्रवृत्ती, स्टेशनरी तथा शैक्षिक सामग्रीहरु वितरण, बृद्धबृद्धा तथा विद्यार्थीहरुका लागी खाना तथा दिवा खाजाका कार्यक्रमलगायत दैबीप्रकोपका समयमा सहयोगका कार्यक्रम गर्ने निर्वाचित अध्यक्ष ईन्जिनियर पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>