Breaking News
अध्यादेश खारेज गर्ने सरकारको निर्णयपछी कांग्रेसले भन्यो – सरकारले गल्ती सच्यायो
०

काठमाडौँ, वैशाख १२-
दुई अध्यादेश खारेज गर्ने सरकारको निर्णयलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्याएको बताएका छन् ।
अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको बताउँदै उनले अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतिक्षामा देश रहेको बताएका छन् ।
उनले अब सम्पूर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
‘पहिले नागरिकको जीवन जोगाऔँ, फुर्सदमा राजनैतिक विवाद गरौँला’, शर्माले ट्विटरमा लेखेका छन् ।

मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार आजको बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























