Breaking News

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रीपरिषद् बैठक

Banner

काठमाडौं, १२ बैशाख

दल विभाजनसम्बन्धी अध्यादेशको विपक्षमा आफ्नो पार्टी नेकपाका बहुमत सदस्य उभिएपछि अध्यादेशबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएका छन्।

‘अहिले ११ बजे मन्त्रिपरिषद् बैठक राखिएको जानकारी आएको छ। एजेण्डाबारे विस्तृत थाह भएको छैन,’ एक मन्त्रीले बताए।

प्रधानमन्त्री ओलीले ११ बजे बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले बताए। तर मन्त्रीहरुलाई बैठकका कुनै पनि एजेन्डाबारे नबताएकाले अध्यादेश बारे नै छलफल गर्ने या निर्णय गर्ने उद्देश्यसहित बैठक बोलाएको अनुमान गरिएकाे छ।

गत सोमबारको मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेशकाे सत्तारुढ पार्टी नेकपा भित्रै र बाहिर समेत चर्को विरोध भई फिर्ता लिन दबाब परिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>