Breaking News

चितवनमा कोरोना संक्रमित एक जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ, भोलि डिस्चार्ज हुन सक्ने

०
Banner

चितवन, वैशाख ११–

चितवनमा कोरोना संक्रमित दुई जना मध्ये एक जनाको दोस्रो पटक गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर अस्पतालको आइसोलेसनमा रहेका २७ वर्षीय छोरोको आज (बिहीबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए । उनले भने–‘आमा र छोरा आइसोलेसनमै हुनुहुन्छ, आज छोरोको रिपोर्ट नेगेटिभ आएको छ, आमाको पोजिटिभ नै देखिएको छ ।’

डा.अधिकारीले नेगेटिभ देखिएका छोरोको स्वास्थ्य अवस्था सामान्य भएकाले उनलाई भोलि (शुक्रबार) डिस्चार्ज गर्ने तयारी भइरहेको बताए । उनले भने–‘स्वास्थ्य ठिकठाक नै छ, भोलि छलफल गरेर घरमै क्वारेन्टिनमा बस्ने गरी पठाउन सक्छौं ।’ उनले आमाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताए ।

राप्ती नगरपालिका–८ का आमा र छोरा बेलायतबाट नेपाल आउँदा कोरोना संक्रमित भएका थिए । उनीहरु चैत ३ गते काठमाडौं हुँदै ५ गते चितवन आइपुगेका थिए । त्यसपछि वैशाखमा गरिएको र्‍यापिड टेस्टमा एन्टीबडी पोजिटिभ देखिएपछि स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । लगत्तै थप पुष्टिका लागि काठमाडौंको टुक प्रयोगशाला पठाउँदा पनि वैशाख ५ गते पोजिटिभ देखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>