चितवन विशेष
शुभ पेट्रोल्याण्डद्धारा पत्रकार राहत कोषमा १० हजार ५ सहयोग

चितवन, वैशाख ११–
नेपाल प्रेस यूनियन चितवन शाखाले लकडाउनका बेलामा समस्यामा परेका पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको ‘पत्रकार राहत कोष’मा स्वतस्फूर्तमा सहयोग गर्ने क्रम बढ्दै गएको छ । नारायणगढस्थित शुभ भेट्रोल्याण्ड प्रा.लि.ले १० हजार पाँच रुपैयाँ पत्रकार राहत कोषमा सहयोग गरेका छन् ।
शुभ भेट्रोल्याण्डका संचालक युवा व्यवसायी सबल पियाले पत्रकारलाई सहयोग पुर्याउने उद्देश्यले प्रेस यूनियनले निकै राम्रो काम गरेकाले कोषमा आफूले सकेको सहयोग गरेको बताए । उनले भने–‘विपत्को बेलामा पत्रकारहरु पनि अहिले जोखिममा हुनुहुन्छ, पत्रकारको बारेमा खासै सोचेको देखिदैन, पत्रकारलाई सहयोग पुग्ने उद्देश्यले राहत कोषमा सहयोग गरेको हुँ ।’ युवा व्यवसायी पियाले विभिन्न समयमा सहयोगहरु गर्दै आइरहेका छन् । उनले यूनियनले राहत कोष स्थापना गरेको समाचार पढेपछि आफूलाई पनि कोषमा सहयोग गर्ने इच्छा जागेपछि सहयोग गरिएको बताए ।
प्रेस यूनियनको केहीदिन अघि बसेको अनलाइन बैठकले तीन लाखको ‘पत्रकार राहत कोष’ स्थापना गरेको थियो । सोही कोषमार्फत यूनियनले चितवनमा पत्रकारिता गरिरहेका पत्रकार, संचारकर्मीहरुलाई सयोग गर्न सुरु गरि सकेको छ । यूनियनले अन्य विभिन्न सहयोगका कार्यक्रम ल्याउन लागेको यूनियनका जिल्ला अध्यक्ष अनिल ढकालले जानकारी दिए । उनले भने–‘समस्यामा परेका पत्रकार साथीहरुलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो, यो लाज मान्ने, फरक किसिमले हेर्ने बेला होइन ।’























