Breaking News
नेपालमा थप २ जनाले जिते कोरोना, निको हुने ९ पुगे
०

काठमाडौं, वैशाख ११–
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनाले कोरोनालाई जित्दै घर फर्किएका छन् । पाटन अस्पतालमा उपचाररत रहेका उनीहरु आजै घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति डिस्चार्ज भएको जानकारी दिएका हुन् ।
उनीहरु आमा छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























