Breaking News

अमेरिकामा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो

Banner

काठमाडौं, वैशाख ११–

कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४७ हजार नाघेको छ ।

बुधबार विहानसम्म थप २ हजार ३२१ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४७ हजार ६३९ पुगेको हो । उपचार गराइरहेका ७ लाख १६ हजार ४९८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ३७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख ४८ हजार ११५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८३ हजार ९७८ जना उपचारपछि निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>