Breaking News
रेणु यादवसहित सात सांसदले गरे समाजवादी पार्टी फुटाउने निर्णय
०

काठमाडौं, वैशाख १०–
सात सांसद मिलेर समाजवादी पार्टी फुटाउने निर्णय गरेका छन् । पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका हुन् ।
यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेको सोही समूहका एक सांसदले जानकारी गराएका छन् । नयाँ पार्टी गठनका लागि विद्रोही सांसदहरु रेणु यादवको निवास शान्तिनगर बैठक बसी रहेका छन् । उनीहरुले बिहीबार नयाँ दल दर्ता गर्ने तयारीमा छन् ।
अर्को रोचक पक्ष के छ भने अब दुई पार्टीबीच निर्वाचन आयोगमा दल दर्ताको बारेमा भिडन्त हुने भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























